२७ देशका नेपालीभाषीको सम्मेलन बैंककमा, एएनओ गठन

बैंकक —नेपाली भाषा र संस्कृतिको संवर्द्धन गर्ने उद्देश्यले  विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली मूलका नेपालीभाषीहरुले एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेका छन् ।थाइल्याण्डको राजधानी बैंककमा सोमबार भएको नेपालीभाषीहरुको सम्मेलनले एएनओ गठन गरेको हो । 

विश्वभरका कम्तिमा २७ देशका नेपाली मूलका सामाजिक अभियन्ताहरुको प्रतिनिधित्व रहेको यस भेलालाई पहिलो महाधिवेशनको स्वरुप दिइएको थियो ।

सम्मेलनबाट हाल अमेरिकामा बसोबास गर्दै आएका भुटानमा जन्मेका नेपालीभाषी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन भएको छ ।अधिकारी इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष पनि हुन् ।