क्यान्सर बारे जनचेतना जगाउन एनबिसी यूकेले बिज्ञहरुसंग अन्तरक्रिया गर्दै

लण्डन — प्राण घातक रोग क्यान्सर बारे जनचेतना जगाउने उदेश्यले नेप्लिज ब्रिटिस कम्युनिटी यूकेले बिज्ञहरु संग अनलाइन छलफल (Webinar) को आयोजना गर्ने भएको छ । नेपाली समुदायलाई नेपाली भाषामा जानकारी दिने उद्देश्यले तयार पारिएकोउक्त कार्यक्रम आगामी ३० नोभेम्बर शनिबारका दिन १० बजे देखी १२:३० सम्म नेप्लिज ब्रिटिस कम्युनिटीको अनलाईन टिम मीटिंग मार्फत हुने छ।

क्यान्सर लाग्ने विभिन्न कारणहरु, यसका लक्षणहरु, प्रारम्भिक परिक्षण र उपचारको महत्त्व, रोकथामको लागि जीवनशैलिमा ल्याउन सकिने आवश्यक परिवर्तनहरु बारे सचेतना जगाऊनु कार्यक्रमको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै संस्थाका सचिव दामोदर आचार्यले एक प्रेश बिज्ञप्ति जारि गरेका छन्।

कार्यक्रमका प्रमुख बक्ताहरूमा एनएचएसमा कार्यरत डा. प्रज्ञा खनाल, क्यान्सर विशेषज्ञ, एनएचएस घांटीको क्यान्सर विभागकी प्रमुख ⁠सुनिता बोहोरा कार्की , मात्रिशिसु सामुदायिक बरिस्ठ स्वास्थ्य सेविका श्रीजना कोईराला, Maternity Community Matron र स्वास्थ्य सेवा बिज्ञ तथा केयर होम संचालक प्रभु न्यौपाने रहेका छन्। अधिकाम्स व्यक्तिहरु क्यान्सर रिसर्च युके द्वारा तालिम प्राप्त रहेको बताइएको छ ।

स्वास्थ्य विशेषज्ञहरूसँग अन्तरक्रियाका साथै क्यान्सरलाई जितेका व्यक्तिहरुबाट आफ्ना अनुभव र क्यन्सर विरुद्द आफुले गरेका र भोगेका संघर्षबारे प्रेरणादायी प्रस्तुति पनि रहने आयोजकले जानकारी दिएका छन्।

समुदायमा बिस्तारै बढ़ीरहेको समस्या बारे जानकारी लिएर लाभान्वित हुन अनुरोध गर्दै संस्थाका संयोजक समिर प्याकुरेलले एक भिड़िय शन्देश पनि जारि गरेकाछन् ।

कार्यक्रममा सहभागी बन्न निम्न लिंक मार्फत दर्ता गर्न अनुरोध गरिएको छ – https://events.teams.microsoft.com/event/5dfbd5b5-bed2-41b9-ba8f-3da8ced916c9@6d9dace9-ffa0-491f-b5a5-1da529093bd5