दौडनु स्वास्थ्यका लागि लाभदायक हुन्छ । आज भोली मर्निङ वाक तथा जगिङ धेरै शहरीया मानिसको दिनचर्या नै हो । धेरैले बिहान दौडने बानी वजन नियन्त्रणका लागि मात्र सहयोगी हुने ठान्छन् र वजन बढी भएका मानिस मात्र पेट घटाउन दौडिने गर्छन् ।
दौडनुका फाइदा त्यत्तिमा मात्र सिमित छैन ।
दौडनुका फाइदाहरु
–दौड शरीरको उर्जा दहनको सबैभन्दा सरल तथा छिटो उपाय हो । यदि छिटै मोटोपन घटाउने चाहना छ भने नियमित रुपमा दौडनु आवश्यक हुन्छ । यसले शरीरको पाचन प्रक्रिया तथा उपापचयनलाई समेत गति प्रदान गर्छ ।
–दौडनु शरीरका लागि समेत लाभदायक हुन्छ । दौडने मानिसको खुट्टाको हड्डी मजबुत हुन्छ । यसले शरीरका अरु भागका ही पनि बलियो तथा स्वस्थ बनाउनका साथै जोर्नीलाई समेत स्वस्थ राख्छ ।
–दौडनु मुटुका लागि समेत लाभदायक हुन्छ । दौडका कारण शरीरको रक्तसंचार सन्तुलित हुन्छ । यसले विभिन्न खाले रक्त तथा मुटुरोगको जोखिम पनि कम गर्छ ।
–दौडिने बानीले शरीरको उर्जाक्षमता पनि बढाउँछ । यसबाट बढी थकान महसुस हुने जस्ता समस्या दूर हुन्छन् । यसले शरीरमा ताजगी पैदा गर्छ । दौडका कारण शरीरमा हर्मोनको उत्पादन बढी हुने भएकाले सरीरमा उर्जाको संचार बढी हुन्छ ।
–दौडले शरीरको रोग प्रतिरोधी क्षमतामा समेत विकास गर्छ । नियमित रुपमा दौडिने मानिसमा एलर्जी, रुघाखोकी लगातका रोगले सताउने जोखिम कम हुन्छ ।
–दौडेले मस्तिष्कलाई तेज बनाउँछ । दौडिँदा सरीरमा रक्तसंचार समेत नियमित हुने भएकाले मस्तिष्कमा पनि रक्तसंचार बढी हुन्छ । विज्ञहरुका अनुसार नियमित रुपमा दौडिने मानिसको स्मरणशक्ति पनि बढी हुन्छ ।
–दौडले मानिसमा तनाव समेत कम गर्छ । दौडिँदा लामो स्वास लिनु आवश्यक हुन्छ । यसले मस्तिष्कमा बढी अक्सिजन प्रवाह हुन गई तनाव कम गर्छ ।
–दौडले पाचन प्रक्रिया पनि नियमित गर्छ । अपच हुने, कब्जियत हुने जस्ता समस्या भएकाहरुलाई नियमित दौडले निकै फाइदा पुर्याउँछ ।
–निद्रा नलाग्ने समस्या छ रु यदि त्यसो हो भने हरेक दिन विहान आधा घण्टा दौडिने गर्नुहोस् । दौडिने बानीले तपाइँलाई रातमा गहिरो निद्रा पर्छ ।
–नियमित दौडले रगतमा कोलेस्टेरोलको लेभल घटाउँछ ।
यसले उच्च रक्तचाप लगायतका समस्या कम गर्छ । –नियमित दौडिने बानी भएका मानिसमा मधुमेहको जोखिम आधाले कम हुने बताइन्छ ।
–नियमित रुपमा दौडिने मानिसमा छिटो बुढ्यौलीका लक्षण देखिने खतरा पनि कम हुन्छ ।
दौडमा धेरै शारीरिक, मानसिक र स्वास्थ्य लाभहरू छन्। तपाइँ दौड सुरु गर्नु अघि दिमागमा राख्नु पर्ने केहि महत्त्वपूर्ण कुराहरू छन्:
- उपयुक्त जुत्ता: उपयुक्त दौडने जुत्ता लगाउनुहोस् ताकि तपाईंका खुट्टाले सही समर्थन पाउनुहुनेछ।
- उत्साह: दौडनु अघि आफूलाई उत्साहित गर्नुहोस्, जस्तै सम्भव भएसम्म सरल केहि दिएर, जस्तै हाँस्ने वा नाचेर दौड़ने।
- स्थान: सुरक्षित र सुरक्षित स्थानहरूमा मात्र दौड्नुहोस्, जस्तै पार्क वा योजनाबद्ध दौडने मार्गहरू।