नया दिल्ली — अभिजीत भट्टाचार्यको कयौ चर्चित गीतहरु छन् । नेपाली होस् या हिन्दि उनले गाएका (कभी यादो मै आउ कभी खाबोमै आउ,मै कोई एसा गीत गाउ, तुम दिलकी धड्कन मै जस्ता अनिगिन्ती गीतहरु छन्) उनको लिस्टमा नया गीत थपिएको छ “धड्काय मेरे दिलको“।
लता मंगेशकरलाई समेत गीत गाउन लगायका चर्चित संगीतकार शिखर सन्तोषका थुप्रै हिट गीतहरु सुन्न सकिन्छ त्यो बन्चुन्जेलिलाई होस् अथवा “मलाई पुगेन पुगेन यो बैसले” होस् या “करेन्ट लाग्ला” होस् ,”छाडेर जाउ कि मारेर जाउ,यो माया पनि नाटक”,पवंन दीपले गाएको “घाम पनि गयो नौडाडा काटेर” होस् अहिले पछिलो समय उनि मुम्बई मा ब्यस्त छन् मुम्बई मा zee music company जस्तो ठुलो company मा शिखर सन्तोष र संजिता देउजा प्रवेश गरेका छन् ।
संजिता देउजा प्रबाशी नेपाली हुन् उनि बेलायतमा रहेर पनि नेपाली साहित्यमा सधैं गीत कविता गज़लमा निरन्तरता दिएकी उनी पेशाले बेलायतकी सिनियर नर्स हुन् ।
पहिलो पटक हिन्दि गीतमा कलम चलाएकी उनले यस गितमा प्रख्यात गायक अभिजीत भट्टाचार्यसंग गाएकी पनि छिन्। यस गितमा डी ओ पी प्रसन्न कुँवर हुन् भने मेकप मैया श्रेष्ठ को छ ।
यसमा अभिनय हर्ष र महकको छ ।