सामाजिक संजालमा “अडियो कि सडियो” भन्दै निरन्तर दौड र योगका फोटो राखेर समुदायलाई निरोगी र स्वस्थ रहन प्रेरित गर्ने आत्माराम दाहाललाई दौड मार्फत न पैसा कमाउनु छ न प्रथम हुनु छ । उनी भन्छन्, ‘मेरो परिकल्पनाको दौड यस्तो होस् जहाँ समुदायका हरेक सदस्यको जित होस्’ । ‘रोगव्याधि विरुद्ध जित होस् , मानसिक समस्यामाथि जित होस् , दरिद्रता र नकारात्मक सोचबाट मुक्त बन्दै सामुहिक रुपमा सबैले जित्ने माध्यम दौड हो’ । ‘आउनु होस् कसरि कुद्ने , कसरि योग गर्ने म सिकाउछु’ भनेर प्रत्यॆक आइतवार बिहान उनले निशुल्क योग कक्षा संचालन गर्दै आएका छन् ।
हाल उमेरले ६६ बर्ष पुगेका दाहाल एकजना स्वस्थ, ३५ वर्षका औसत धावकले दौडिने उमेर समूहमा दौडन सक्छन् ।
। उनी भोजपुर राम प्रसाद गाविसमा जम्निएर धरानमा हुर्किएका हुन् । बेलायतको एमओडी सीभिल सर्भेंटमा जागिर पाए पछि भाग्यले उनलाई बेलायततिर डोहोर्यायो।
। गत आइतवार उनले छैटौ लन्डन म्याराथनमा ४ घंटा १७ मिनेटमा दौड पुरा गरेका थिए ।
उनले हाल सम्म ६ लण्डन म्याराथन र अन्य गरेर ८ म्याराथन पुरा गरेका छन् । १८० हाफ म्याराथन गरेका छन् भने १० किमि र नियमित ५ किमि अनगिन्ति
। उनले २००९ को गोर्खा ट्रेल वाकर १०० किमि च्यालेंजबाट दौड सुरु गरेका थिए । कृष्णकान्त आचार्य, एमबिइ, को प्रेरणाले २०१० बाट दौडको थालनी गरेको उनी बताउंछन् । दौड सुरु गर्नु अघि उनलाई ढाड , घुँडा, पाइल्सको समस्या थियो , निन्द्रा नलाग्ने थियो र उनले २००१ देखि मधुमेहको औषधि खान सुरु गरेका थिए ।
दौड पश्चात डाइबिटिज बाहेक अन्य स्वास्थ्य समस्या नरहेको उनी बताउंछन् । डाक्टरहरुका अनुसार उनले दौड मार्फत मधुमेह पनि नियन्त्रण गरेका छन् । खानपिनमा सुधार आएको छ र उनको सम्पूर्ण जीवन नै अनुशासित छ । उनी हाल आफु मात्र हैन सम्पूर्ण समुदाय स्वस्थ रहनु पर्छ भनेर नेपाल रन युके संस्था मार्फत निरन्तर अभियानमा छन् । उनले क्याटरिकमा आफ्नै पहलमा करिब ३ बर्ष पार्क रन संचालन गरेका थिए । उनले दौड मार्फत थुप्रै सामाजिक र मानवीय कार्य गरेका छन् ।
पतंजली योगपिठ बाट सन् २००९ मा योग प्रशिक्षकको उपाधि लिएका उनले नियमित रुपमा हरेक आइतवार बिहान अनलाइन जुम मार्फत युके समय बिहान ८ बजे देखि ९:३० सम्म निशुल्क योग प्रशिक्षण दिने गरेका छन् । नियमित रुपमा योग गर्ने गर्नाले प्रविधि र खानपानले अस्त व्यस्त जीवनमा सन्तुलन ल्याउन मद्दत गर्ने बताउछन । योगको मुख्य शक्ति भनेको नै शारीरिक र मानसिक रुपमा स्वस्थ भै विवेक, चिन्तन मनन र सकारात्मक सोचको विकास हुने हुनाले यो पूर्वीय चिन्तनको अद्भुत उपहारबाट लाभ लिन उनी अनुरोध गर्छन । दौड र योगलाई दैनिक जीवनको अंग बनाउन सके हाल देखा परेका थुप्रै रोग र शारीरिक समस्याबाट मुक्ति मिल्ने दाहालको जिकिर छ ।