लण्डन — बिश्वको एक उत्कृस्ट म्याराथन मध्ये लन्डन म्याराथन २०२४ संस्करण आइतवार सम्पन्न भएको छ । यसपालि बिश्वभर बाट सर्वाधिक ५० हज्जार बढ़ी धावकहरुले प्रतिस्प्रधा गरेका थिए ।
नेपाल रन युकेका तर्फ़ बाट ५६ धावकले लन्डन म्याराथन दौडिएका थिए । लन्डन म्याराथनमा दौडने क्लबका मेम्बरहरुले विभिन्न च्यारिटी फन्डरेज पनि गरेका थिए । धावक मध्येका एक सुर्य गुरुङले मिरा राई इनिसिएटिभको लागी £२०,८०१ संकलन गरेर अहिले सम्म लन्डन म्याराथन दौडने नेपाली हरुको फन्डरेज रेकर्ड ब्रेक गरेका छन् । १ बर्ष अघि ठुलो स्वास्थ्य समस्याले ६ साता आइसीयुमा बिताएक क्लबका अध्यक्ष तथा सेफ पाण्डव महतोले लन्डन म्याराथनमा ३ घण्टा १० मिनेटमा सम्पन्न गरेर दौड़ मार्फ़त नै रिकभर गरेको प्रमाणित गरेका छन् । उनले पनि आफु ग्रसित समस्याको जिबिएसको निराकरणको लागी फन्डरेज गरेका थिए।
नेपाल रन युकेको निमंत्रणामा बिश्व प्रसिद्ध लन्डन म्याराथनमा भाग लिन आएका धावक गोपीचन्द्र पार्कीले चाहे जस्तो नतिजा हासिल गरेका छन् । २ घण्टा २२ मिनेट मिनेट ३१ सेकेन्डमा २६ माइलको दौड सम्पन्न गरे । राम्रो रेकर्ड राख्न खोज्दा कहिलेकाहीं भनेजस्तो हुन सक्दैन । मेरो यो सुरुवात हो र अब अझ उत्कृष्ट गर्ने कूरा बताए । धेरैकूरा सिक्ने मौका पाएको र अब अझ उत्कृष्ट गर्ने भन्दै यो अवसरका लागी नेपाल रन क्लब लाई धन्यवाद ब्यक्त गरे ।
नेपाल रनले प्रवासमा नेपाली समुदायमा सथै नेपालमा दौड़ संस्कृतिको बिकास साथै संभावना रहेका धावकहरूलाई बिश्वमा प्रतिस्प्रधा गर्न सहयोग गर्ने उद्देश्यले धावकहरुलाई निरन्तर तालिम र सहयोग प्रदान गर्ने गरेको क्लबका कोच संतोस राईले बताए।
क्लबले आइतवार साँझ लण्डन म्याराथन सहभागी खेलाडीहरुको सम्मानमा एक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा उत्कृस्ट धावकहरु साथै गोपी पार्कीलाई सम्मान गरिएको थियो।
सम्मान कार्यक्रममा एस्टार फ़ाइनान्स र एईएसएन द्वारा प्रायोजित क्लबको अफ़िसियअल ट्रेनिंग टीसर्टको उद्घाटन पानि गरिएको थियो । क्लबका कोषाध्यक्ष रबिंद्र अधिकारीले आर्थिक सहयोग नै क्लब बिकासको मुख्य आधार रहेको भन्दै सम्पूर्ण प्रायोजक र सहयोगी हरुलाई धन्यवाद ब्यक्त गरे ।
यो बर्ष देखी नेपाल रनले लण्डन म्याराथनमा अफ़िसियल स्वयंसेवक पनि पठाउन थालेकोले भोलिन्टीयरहरुलाई सम्मान पनि गरिएको थियो ।
लण्डनको प्रसिद्ध मध्य एक इलिंग हाफ़ म्याराथन संगको सहकार्यमा ५ किमी दौड़को संपूर्ण ज़िम्मेवारी नेपाल रन क्लबले प्राप्त गरेको छ । यस्तै नेपाल रनको वार्षिक दौड़ आगामी नोभेम्बर महीनामा नर्थल्ट १० के म्याराथन आयोजना हुने बताईएको छ ।