अकुत पैसा कमाउने या त अरु भन्दा पहिलो, गतिलो हुने अस्वस्थ्य दौडमा कुदिरहेको अहिलेको समयमा अलिक पृथक किसिमको उद्देश्य राखेर दौडिरहेका एकजना बेलायात निवासी नेपाली हुन् पाण्डव महतो । निरन्तरको दौड र बलियो आत्मा बिश्वास मार्फत पटकपटक जीवन प्राप्त गरेका पाण्डवको लागि दौड नै जीवनको अभिन्न अंग बनेको छ ।
दौडनु, हिँड्नु उनका लागि खुसी उत्पादन गर्ने कारणजस्तै भएको छ । यसरी खुसी पछ्याउँदै हिँड्नुका पछाडि आफैंले नाघेर आएको कहाली लाग्दो जीवन रहेछ, पाण्डवको । सिरहाको कर्जन्हा नगरपालिकावासी पाण्डव भारतमा ‘सेफ’ पढेर फर्किए । केही वर्ष काठमाडौंको याक एण्ड यतीमा काम गरेर युके हानिए । सन् २००८ तिर दिशामा हल्का रगत देखिन थाल्यो । खान नरुच्ने र पेट दुख्न थाल्दा पनि उनले बेवास्ता गरिरहे । सामान्य औषधी खाने तर खाने, बस्ने, व्यायाम गर्ने कुनै ठेगान थिएन । मन लागेको खायो, हिँड्यो ।
जसरी उनले आफैंलाई बेवास्ता गर्दै बसे, उसैगरी उनी झन् कमजोर र गल्दै पनि गए । एक दिन चिकित्सकलाई देखाउन पुग्दा उनलाई भर्ना गरेरै जाँच गर्न सल्लाह दिए । जाँचबाट पत्ता लाग्यो कि उनलाई त आमाशय अर्थात पेटको क्यान्सर रहेछ । त्यतिञ्जेलसम्म उनलाई समस्या देखिन थालेको डेढ वर्ष पुगिसकेको थियो ।
‘विसं २०३३ पछि एक्सरसाइज नै गर्न छाडिसकेको थिएँ । खानपानमा कुनै ख्यालै गरिएन । जाँडपानी सबै खाइयो । दिशामा रगत देखिँदा पनि बेवास्ता गरेर बसें’, ती दिन सम्झिदै भन्छन् पाण्डव , ‘आमाशयको क्यान्सर सेकेण्ड स्टेजको पनि अन्तिमतिर आइसकेको रहेछ । त्यसपछिको पीडाको त म वर्णन नै गर्न सक्दिनँ ।’
क्यान्सर जो कोहीलाई पनि हुन सक्थ्यो । उनलाई लाग्यो, आफूलाई चाहिँ खानपान र जीवनशैलीकै कारण क्यान्सरले गाँज्यो । सेफको काम गर्ने तर खानपानमा कुनै ख्याल नगर्ने, कुनै शारीरिक व्यायाम नै नगर्दा र समस्या देखिइसक्दा पनि बेवास्ता गरेर झण्डै मरेनछु भन्ने उनलाई महसुस भयो ।
‘त्यही बेलादेखि नै प्रण गरें, क्यान्सरले जित्यो भने म रहन्नँ, म रहनका लागि क्यान्सरलाई जित्नुपर्छ,’ पाण्डवले भनें, ‘त्यसपछि खानपानदेखि दैनिक व्यायाम गर्न थालें । ६ हप्तामै अप्रेसन गरेको घाउ सुक्यो अनि हिँडडुल गर्न थालिहालें । म आत्मविश्वासकै कारण बाँचेको हुँ ।’ युवा अवस्था देखि नै कमला नदिको किनार बाट दौडन सुरु गरेका पाण्डव नेपाल हुदा निरन्तर दौडने गर्थे तर काम र व्यवहारको चापले केहि समय दौडको यात्रा छोडेका पण्डव क्यान्सर बाट उठेपछि पुनः सुचारु भयो ।
पार्क रन अलिअलि कुदिरहेका पाण्डव मित्र जगन कार्की मार्फत सन्तोस राईसंग भेट भएपछि प्रेरणा मिलेर दौडको निरन्तर अभ्यासमा लागेको सम्झीन्छन् पाण्डव । त्यस पछि शारीरिक तन्दुरुस्ती, जीवनशैली, पार्क रनसम्बन्धी सचेतना अभियानमा सन्तोष राई , जगन कार्की, आत्माराम दाहाल लगायतको संयुक्त प्रयासमा ‘नेपाल रन’ नामक संस्था नै दर्ता गरेर निरन्तर लागेको पाण्डव बताउछन ।
आमाशयको क्यान्सरले बाहिर ठूलो असर नदेखाउने तर भित्रभित्रै खोक्रो पारिसकेको हुने पाण्डवको अनुभव छ । यो क्यान्सर सबैभन्दा बढी शहरी जीवन बाँच्ने, खानपान र जीवनशैली अव्यवस्थित हुनेहरुलाई लाग्ने बढी खतरा हुन्छ ।
क्यान्सर बाट त बचेका थिए पाण्डव तर उनलाई गत बर्ष फेरी प्रत्यक १ हजार व्यक्तिहरु मध्ये एकमा लाग्ने गुलियन बेरी सिन्ड्रम भन्ने समस्या बाट ग्रस्त भए । यो समस्याले मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता समाप्त गरेर दिर्घकालिन रुपमा अपांग , असक्त बनाऊने जस्ता असर गर्छ । उनि ६ साता सम्म आइसीयुमा इन्तु न चिन्तु भएर आँखा खुल्ला तर शरीर केहि नचल्ने अवस्थामा थिए । उनीजस्तो समस्या भएकाहरु दिर्घकालिन रुपमा स्वास्थ्य समस्या झेल्ने , हिड्डुल गर्न पनि नसक्ने अवस्थामा रहन्न्छन । उनको मानसिक शक्ति र दौडिरहेको ज्याद्रो शारिर भएको कारण आइसीयू बाट बौरीए पछि निरन्तर शारीरिक अभ्यास संगै उनका सुकेका नचल्ने हातगोडा बिस्तारै चलाउन थेरापि गर्दै, घृस्रीदै, घुंड़ा टेक्दै, लौरो समातेर हिडदै पुनः दौडमा फर्किए र आइतवार लन्डन म्याराथन ३ घण्टा १० मिनेटमा समापन गरेर सबैलाई चकित बनाए । उनले जीबिएस सिन्ड्रम बाट यति चाँडो शारीरिक तंदुरुस्ती प्राप्त गरेको देखेर डाक्टरहरु पनि चकित छन ।
ज्याद्रो मानसिक शक्ति, सकारात्मक सोच, सतसंग, लगन र निरन्तरको शारीरिक अभ्यासले ठुलाठुला शारीरिक समस्याबाट बिजय हासिल गर्न सकिन्छ भन्ने गतिलो ऊदाहारण हुन पाण्डव ।
अस्पतालको बिस्तारा बाट उठी नसकी घर परिवारलाई हेर्न सेफ़को कठिन फ़ुल टायम काममा लाग्ने बाध्यताका बीच दौड सुरू गरेर स्वास्थ्य लाभ गर्ने मंत्रले उनको राम्रो संग नचल्ने हात खुट्टाका औलाहरु पनि बिस्तारै काम गर्न बिवस भएका छन ।
नेपाल रनले विशेष गरी नेपाली समुदायभित्र शारीरिक तंदुरुस्तीका कार्यक्रमहरु राख्छ भने वर्षमा केही ठूला प्रतियोगिताहरुसमेत गर्दै आइरहेको छ । खानपान र व्यायामबारे सचेतनासमेत जगाउने यो संस्थामा अहिले साढे २ सयभन्दा बढी जोडिएका छन् ।
डाइबिटिज (मधुमेह), ग्यास्ट्रिक, हर्ट एट्याक्ट (हृदयघात) सम्मका समस्या बढेपछि यो संस्थाले अहिले स्वास्थ्य, जीवनशैली र दौडबारे बुझाउँदै र इभेन्टहरु गर्दै आइरहेको छ ।
नेपाल रनले प्रत्यक बर्ष नर्थल्टमा १० किलोमिटरको दौड प्रतियोगितासमेत गर्ने गरेको छ ।
‘क्यान्सर र जीबिएस जस्ता घातक शारीरिक समस्या जित्नुमा दौडको ठूलो योगदान छ । यसले आत्मवल बढाउने काम गर्छ । पेटमा ठूलो घाउ बनाएर चिरिएको थियो । अहिले जति पनि दौडन सक्छु । म केही पाउनका लागि होइन खुसी जीवनका निम्ति दौडिन्छु’, पाण्डव भन्छन् ।
‘नेपालीहरुमा एउटा भ्रम छ, म्याराथन जित्यो भनेमात्र अर्थ हुन्छ । त्यस्तो होइन, दौडन्छु भनेर लाग्नु नै विजयी हुनु हो’, पाण्डव भन्छन्, ‘म शरीरमा ऊर्जा रहँदासम्म दौडन्छु र शरीरमा ऊर्जा पनि दौडेर नै भर्छु । क्यान्सर भएयता शरीरमा अरु कुनै समस्या पनि देखिएको छैन ।’शारीरिक कसरत नहुँदा धेरै समस्या देखिन सक्ने र नियमित हिँड्नेमात्रै गरे पनि शरीरमा धेरै अंग चलायमान हुने उनको सुझाव छ ।
‘आफ्नै लागि भए पनि कम्तीमा प्रत्येक दिन आधा वा एक घण्टा हिँड्नुपर्छ, दौडिनुपर्छ । जब तपाईं प्रकृतिमा रमाउँदै डुल्नुहुन्छ, साथीभाइसँग रमाइलै गरेर भए पनि कुद्नुहुन्छ भने शरीरमा भिन्नै स्फूर्ती आउँछ, चेहेरा उज्यालिन्छ’, पाण्डव भन्छन्, ‘शरीरका अंगहरु सक्रिय हुन्छन् । पाण्डव पेसाले नेपाली र एसियन खानाको राम्रो अनुभव र ज्ञान भएका कुशल सेफ हुन् ।
God blessed and thankful for new life