१३ चैत, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ५ गर्जमुनिकी ४३ वर्षीया ज्ञानुदेवी बादीको परिवार छ वर्षअघि भारत पलायन भएको थियो । पुर्ख्यौली पेसाले जीविका चलाउन नसकेपछि उनको परिवार मुम्बै पलायन भयो । मुम्बै पुगेपछि उनको श्रीमान्को उतै मृत्यु भयो । श्रीमान्को मृत्युपछि परिवार चलाउनै मुस्किल भयो । ज्ञानुको दुःख झन् थपियो । दुई वर्षअघि नेपाल आउने क्रममा रेलबाट खसेर दुवै खुट्टा गुमे ।
‘रेलबाट खसेपछि दुवै खुट्टा काटिए’, उनले भनिन्, ‘नजिकै रहेका प्रहरी र यात्रुहरुले रेल मुनिबाट तानेर ज्यान जोगाए ।’ अस्पतालमा लागेको उपचार खर्च आफन्तसँग तिरे । काटिएका दुवै खुट्टा अझै निको भएको छैन ।