गुरुङ्ग निर्देशित गोर्खा १०० किमि ट्रेलमा आर्मी टिमलाई टक्कर दिने नेपाल रन टिमको डकुमेन्ट्री सार्वजनिक

लण्डन —बेलायतमा हुने गोर्खा १०० किमि ट्रेल वाकर अन्तरास्ट्रिय स्तरको प्रतियोगितामा सहभागी नेपाल रन समूहका ४ जना प्रतियोगी हरुको यथार्थ  कथामा  आधारीत डकुमेंट्री सार्वजनिक  भएको छ । लव गुरुङ द्वारा निर्देशित तथा निर्मित उक्त डकुमेन्ट्रीमा हाल सम्म कहिले पनि सिभिलियन टिमले च्यालेंन्ज गर्न र जित्न नसकेको परम्परालाई  ४ जना सिभिलियनको समूहले कसरि कठिन तालिम र प्रयास मार्फत सहभागी भए भन्ने यथार्थ कथा समेटिएको छ ।

४ जना धावकहरु  मध्ये सन्तोष राई , पदम कुँवर, प्रकास गुरुङ र किरण बुढाको आफ्नै व्यक्तिगत संघर्ष, शक्ति र कमजोरी हुँदा हुदै पनि कसरि यस्तो कठिन च्यालेन्जमा एकताका साथ अघि बढे भन्ने मुख्य संदेश बोकेको छ ।  

नेपाल रन युकेको संयोजनमा गत आइतवार १०० बढी धावकहरुले फार्नबोरो हाफ म्याराथन गरेका थिए । रण्डरबोल्ट र हाम्रो रनका सदस्य हरु सहित  उक्त दौड पश्चात करिब १५० धावकहरुको उपस्थितिमा अल्डरसट एम्पायर बिल्डिंगमा डकुमेन्ट्रीको  प्रिमियर गरिएको थियो ।